लिभरपुल साउथह्यामपटनसँग खेल्दै : युनाइटेडसँग अग्रता बढाउने मौका

काठमाडौं, पुस २०
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आज राति लिगको १६औं साताको खेल खेल्दै छ । उसले नयाँ वर्ष २०२१ को पहिलो घरेलु लिगमा साउथह्यामपटनसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा लिभरपुल १६ खेल सकिँदा ३३ अंक बनाएर शीर्ष स्थानमा छ । लिभरपुलले पछिल्ला ५ खेलमा मात्रै २ खेल जितेको छ । तर, उसले पछि परेको स्थितिमा कमब्याक गरेर उपाधि होडमा अग्रता लिएको छ । उसले पछिल्ला ५ मध्ये २ खेल जित्दा ३ खेल भने बराबरी गरेको छ ।

यता, आज लिभरपुललाई आफ्नो मैदानमा स्वागत गर्न लागेको साउथह्यामपटन भने १६ खेलपछि २६ अंक बनाएर नवौं स्थानमा छ । केही समयअघिसम्म टप–४ मा रहेको ऊ पछिल्ला ४ खेलमध्ये ३ बराबरी एकमा हार व्यहोरेपछि अंक तालिका खसिएको हो ।
आज वर्षको पहिलो खेल अवे मैदानमा खेल्दा लिभरपुल दबाबमा हुनेछ । अंक तालिकाको शीर्ष स्थानमा स्पष्ट अग्रता लिन उसले आजको खेलमा जित वा बराबरी नतिजा निकाल्नुपर्छ । हाल शीर्ष टोली लिभरपुल र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको समान ३३–३३ अंक छ ।

तर, गोलअन्तरमा लिभरपुल अगाडि छ । यदि आज जित्न नसके वा बराबरी गरे त्यसको फाइदा युनाइटेडलाई पुग्नेछ । युनाइटेडले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै ५ मध्ये ४ खेल जितेको छ भने एक खेल बराबरी गरेको छ ।

प्रकाशित मिति २० पुष २०७७, सोमबार १७:०७
Loading...