काठमाडौं, पुस २०
इटालियन सिरी ए लिग फुटबलमा अहिले युभेन्टस र उडिनेसको खेल जारी छ । युभेन्टसको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा युभेन्टसले १–० को अग्रता लिएको छ । युभेन्टसका लागि खेलको ३१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले बक्स भित्रबाट बुलेट सटमा गोल गरेका थिए ।
मैदानको माथिल्लो भागबाट आरोन राम्सेले दिएको पासमा रोनाल्डोले उडिनेसका डिफेन्डरका माझबाट हानेको शक्तिशाली प्रहार गोलकिपरले रोक्ने मौका नै पाएनन् । सो गोलअघि राम्सेले एक सहज अवसर खेर फालेका थिए ।