बार्सिलोना र एथ्लेटिको नयाँ वर्षको पहिलो आज राति खेल्दै : मेस्सी मैदान फर्किने

काठमाडौं, पुस १९
स्पेनिस ला लिगा फुटबलमा आज नयाँ वर्ष २०२१ को पहिलो साताअन्तर्गत विभिन्न ५ खेलहरू हुँदैछन् । आज हुने खेलहरूमध्ये एक खेलमा बार्सिलोना र हुएस्काको खेल पनि हुनेछ । अर्को खेलमा लिग दोस्रो स्थानको एथ्लेटिको मड्रिड र अलाभेसको खेल पनि हुनेछ ।

आज नयाँ वर्षको पहिलो खेल खेल्न दोस्रो स्थानको एथ्लेटिको १३औं स्थानको अलाभेसको घरेलु मैदानमा उत्रिँदैछ । हाल अंक तालिकामा एथ्लेटिको १४ खेलबाट ३५ अंक बनाएर दोस्रो स्थानमा रहँदा १६ खेल खेलेको अलाभेस १८ अंकका साथ १३औं स्थानमा छ । आजको खेलमा जित वा बराबरीले एथ्लेटिको पुनः लिगको शीर्ष स्थानमा चढ्नेछ ।

आज हुने अर्को खेलमा छैटौं स्थानको बार्सिलोना नयाँ वर्षको पहिलो खेल खेल्न २०औं स्थानको हुएस्काको घरेलु मैदानमा उत्रिँदैछ । हाल हुएस्का १६ खेलपछि मात्रै १२ अंक जोडेर लिगको सबैभन्दा पुछारमा छ भने बार्सिलोना १५ खेलबाट २५ अंक जोडेर छैटौं स्थानमा छ । आजको खेलमा स्पष्ट जित निकाले बार्सिलोना एक स्थान सुधार गर्दै पाँचौं स्थानमा चढ्नेछ ।

आजको खेलबाट बार्सिलोनाका कप्तान लिओनल मेस्सी मैदान फर्किंदैछन् । यसअघि २०२० को अन्तिम खेलमा मेस्सीलाई चोटका कारण टोलीमा राखिएको थिएन । उनी नयाँ वर्षको पहिलो खेलबाटै पुनरागमन गर्न लागेका हुन् । तर, आज मेस्सीले बेन्चबाट खेल्ने सम्भावना छ ।

आज हुने खेलहरू नेपाली समयमा

एथ्लेटिक बिल्बाओ भर्सेस इल्चे – साँझ ६ः४५ बजे
अलाभेस भर्सेस एथ्लेटिको मड्रिड – राति ९ बजे
एइबार भर्सेस ग्रनाडा – राति ११ः१५ बजे
रियल सोसिडाड भर्सेस ओसासुना – राति ११ः१५ बजे
हुएस्का भर्सेस बार्सिलोना – राति १ः४५ बजे

प्रकाशित मिति १९ पुष २०७७, आईतवार ११:४५
Loading...