काठमाडौं, पुस १९
इटालियन सिरी ए लिग फुटबलमा आज नयाँ वर्ष २०२१ का खेल सुरु हुँदा एकैदिन १० खेल हुँदैछन् । आज एकैदिनमा लिगका २० वटै टिमले आ–आफ्ना खेल खेल्न लागेका हुन् । व्यस्त खेल तालिकाबीच एकैपटक १५औं साताका खेल खेलाउन लागिएको हो । केही टिमले अघिल्लो साताका खेल खेल्न बाँकी नै छन् ।
आज हुने खेलहरूमध्ये इन्टर मिलान भर्सेस क्रोटोने, जेनोआ भर्सेस लाजियो, एटलान्टा भर्सेस सासुओलो, क्याग्लिअरी भर्सेस नापोली, बेनेभेन्टो भर्सेस एसी मिलान, युभेन्टस सर्भेस उडिनेसका खेल हुनेछन् । हाल अंक तालिकामा एसी मिलान १४ खेलपछि ३४ अंकका साथ शीर्ष स्थानमा रहँदा इन्टर मिलान ३३ अंकसहित दोस्रो, २७ अंक भएको रोमा तेस्रो, २६ अंक भएको सासुओलो चौथो, २५ अंक भएको नापोली पाँचौं र २४ अंक भएको युभेन्टस छैटौं स्थानमा छन् । त्यसैगरी, २२ अंक भएको एटलान्टा सातौंमा रहँदा २१ अंक भएको लाजियो आठौंमा मात्रै छ ।
यो सिजन लिगमा कमजोर अवस्थामा रहेको साबिक विजेता युभेन्टस आज नयाँ वर्षको पहिलो खेलमा सहज जितका साथ नयाँ वर्षको सुरुआत गर्ने दाउमा छ । यो खेलपछि उसले १५औं साताको खेलमा लिग लिडर एसी मिलानसँग खेल्ने भएकाले उसका लागि आज राति हुने यो खेल निकै महत्त्वपूर्ण हुनेछ ।
आजका खेल नेपाली समयमा
इन्टर मिलान भर्सेस क्रोटोने – साँझ ५ः१५ बजे
फियोरेन्टिना भर्सेस बोलोग्ना – राति ७ः४५ बजे
पार्मा भर्सेस टोरिनो – राति ७ः४५ बजे
रोमा भर्सेस साम्पडोरिया – राति ७ः४५ बजे
एटलान्टा भर्सेस सासुओलो – राति ७ः४५ बजे
जेनोआ भर्सेस लाजियो – राति ७ः४५ बजे
क्याग्अिलरी भर्सेस नापोली – राति ७ः४५ बजे
स्पेजिया भर्सेस भेरोना – राति ७ः४५ बजे
बेनेभेन्टो भर्सेस एसी मिलान – राति १०ः४५ बजे
युभेन्टस भर्सेस उडिनेस – राति १ः३० बजे
प्रकाशित मिति १९ पुष २०७७, आईतवार ११:०५