वर्ष २०२० मा रोनाल्डो भर्सेस मेस्सी : हेरौं व्यक्तिगत तथ्यांक

काठमाडौं, पुस १८
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो र स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीमध्ये वर्ष २०२० मा को अगाडि रह्यो ? वर्ष २०२० सकिएसँगै यहाँ यसको तुलना गरिएको छ । विगत १५ वर्षदेखि क्लब तथा अन्तर्राष्ट्रिय फुटबलमा पनि एकअर्काका खास प्रतिस्पर्धी रहँदै आएका रोनाल्डो र मेस्सीको तुलना गर्दा २०२० मा रोनाल्डो अघि देखिएका छन् ।

व्यक्तिगत प्रदर्शन, गोल संख्या, उपाधि र अन्य रेकर्डलाई समेत हेर्ने हो भने २०२० मेस्सीभन्दा रोनाल्डोका राम्रो वर्ष रह्यो । कोरोना भाइरस महामारीका कारण २०२० को क्लब तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधि पूर्ण रूपमा प्रभावित भएको थियो । यी सबैका बाबजुद ३४ वर्ष नजिक रहेका मेस्सी र ३६ वर्ष नजिक रहेका रोनाल्डोले सधैं झैं उच्च स्तरमा प्रदर्शन गरे । वर्ष २०२० मा रोनाल्डो र मेस्सीबीचको मोटामोटी तथ्यांकको तुलना हेरौं–

क्लब गोल: रोनाल्डो ४१ – २६ मेस्सी
क्लब असिस्ट: रोनाल्डो ९ – १८ मेस्सी
प्रतिगोलका लागि समय मिनेटमा: रोनाल्डो ८३.३ – १५० मेस्सी
अन्तर्राष्ट्रिय गोल: रोनाल्डो ३ – १ मेस्सी
पेनाल्टीबाहेक गोल: रोनाल्डो २७ – १८ मेस्सी
पेनाल्टी गोल: रोनाल्डो १७ – मेस्सी ९
ह्याट्रिक: रोनाल्डो १ – १ मेस्सी
फ्रि किक गोल: रोनाल्डो २ – १ मेस्सी
टिम उपाधि: रोनाल्डो १ – ० मेस्सी
व्यक्तिगत अवार्ड: रोनाल्डो ३ – ३ मेस्सी

समग्र तथ्यांकको तुलना

रोनाल्डो – ४४ खेलबाट ४५ गोल र ९ असिस्ट
मेस्सी – ४८ खेलबाट २७ गोल र १९ असिस्ट

प्रकाशित मिति १८ पुष २०७७, शनिबार २१:२६
Loading...