सबैभन्दा धेरै ‘विजयी गोल’ गर्ने खेलाडीको सूची सार्वजनिक

काठमाडौं, पुस १८
युरोपियन टप–५ लिगमा सन् २०१८ यता सबैभन्दा धेरै विजयी गोल गर्ने खेलाडीहरूको सूची सार्वजनिक भएको छ । फुटबलको तथ्यांक संकलन तथा विश्लेषण गर्ने चर्चित संस्था ‘ओप्टा’ले सिजन २०१८–१९ यता युरोपका शीर्ष पाँच लिगमा टिमका लागि सबैभन्दा धेरैपटक विजयी गोल गर्ने खेलाडीको सूची प्रकाशित गरेको हो ।

इंग्लिस प्रिमियर लिग, जर्मन बुन्डेसलिगा, इटालियन सिरी ए, स्पेनिस ला लिगा र फ्रेन्च लिग वानबाट टिमका लागि धेरैपटक विजयी गोल गर्ने खेलाडीमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा छन् । सन् २०१८ मा स्पेनिस रियल मड्रिड छाडेर युभेन्टस पुगेयता युरोपका शीर्ष लिगमा सबैभन्दा धेरै विजयी गोल रोनाल्डोले गरेको तथ्यांकले देखाउँछ ।

‘ओप्टा’ले सार्वजनिक गरेको शीर्ष पाँच खेलाडीको सूचीमा रोनाल्डो १ नम्बरमा हुँदा जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की दोस्रो स्थानमा छन् । स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी सूचीको तेस्रो स्थानमा रहँदा पाँचौं स्थानमा फ्रेन्च क्लब पिएसजीका केलियन एमबाप्पे रहेका छन् । यस्तो सूची–

१. क्रिस्टियानो रोनाल्डो (युभेन्टस) – २४
२. रोवर्ट लेवान्डोस्की (बार्यन) – २१
३. लिओनल मेस्सी (बार्सिलोना) – १६
४. सिरो इम्मोबिले (लाजियो) – १५
५. केलियन एमबाप्पे (पिएसजी) – १४

प्रकाशित मिति १८ पुष २०७७, शनिबार १६:४१
Loading...