ला लिगामा नयाँ वर्षका सुरुआती चार खेलहरू हुँदै

काठमाडौं, पुस १८
स्पेनिस ला लिगा फुटबलमा आज साँझबाट नयाँ वर्ष २०२१ का खेलहरू सुरु हुँदैछन् । २०२० का खेल सकिएर ३ दिन विश्राम भएपछि आजैबाट तालिकाअनुसार २०२१ का खेल हुन लागेका हुन् । नयाँ वर्षकोे पहिलो दिन लिग सुचारु हुँदा जम्मा ४ खेलहरू हुनेछन् ।

आज हुने खेलमा भिल्लारियल, सेभिल्ला, गेटाफे र रियल मड्रिडका खेलहरू हुँदैछन् । आज हुने खेलमध्ये रियल मड्रिड र सेल्टा भिगोको खेल महत्त्वपूर्ण हुनेछ । हाल अंक तालिकामा १४ खेल खेलेको एथ्लेटिको मड्रिड ३५ अंकसहित शीर्ष स्थानमा रहँदा १६ खेल खेलेको रियल मड्रिड ३३ अंकसहित दोस्रो स्थानमा छ ।

त्यसैगरी, १७ खेलबाट २९ अंक जोडेको रियल सोसिडाड तेस्रो स्थानमा रहँदा १४ खेलबाट २६ अंक जोडेको सेभिल्ला चौथोमा छ । त्यसैगरी, १६ खेलबाट २६ अंक भएको भिल्लारियल पाँचौं स्थानमा रहँदा १५ खेलबाट २५ अंक भएको बार्सिलोना छैटौं स्थानमा रहेको छ ।

आजका खेल नेपाली समयमा:

भिल्लारियल भर्सेस लेभान्टे – साँझ ६ः४५ बजे
रियल बेटिस भर्सेस सेभिल्ला – राति ९ बजे
गेटापे भर्सेस भाल्लाडोलिड – राति ११ः१५ बजे
रियल मड्रिड भर्सेस सेल्टा भिगो – १ः४५ बजे

प्रकाशित मिति १८ पुष २०७७, शनिबार १०:५७
Loading...