नयाँ वर्षकोे पहिलो खेलमा एभर्टन आफ्नै घरमा पराजित : टप–३ मा उक्लिने मौका गुम्यो

काठमाडौं, पुस १८
इंग्लिस प्रिमियर लिग फुटबलमा यो सिजन उत्कृष्ट लयमा रहेको एभर्टन नयाँ वर्ष २०२१ को पहिलो खेलमा आफ्नै घरेलु मैदानमा पराजित भएको छ । गत राति भएको लिगको १६औं साताको खेलमा एभर्टनले पाहुना टोली वेस्ट ह्यामसँग हार टार्न सकेन ।

गुडिसन पार्कका एभर्टनले खेलमा पकड जमाए पनि वेस्ट ह्यामको रक्षापंक्ति छिचोल्न नसक्दा गोलविहीन हार भोगेको हो । खेल गोलरहित बराबरी नजिक पुगेका बेला एभर्टनले अन्तिम समयमा गोल खायो । निकै प्रतिस्पर्धात्मक देखिएको खेलको ८५औं मिनेटसम्म कुनै गोल भएन ।

तर, खेलको ८६औं मिनेटमा वेस्ट ह्यामका लागि टोमास सोचेकले गोल गरेपछि एटर्भन खेलमा पछि परेको थियो । त्यसपछि घरेलु टोली खेलमा फर्किन सकेन । र, खेल वेस्ट ह्यामले खेल ०–१ ले जित्यो । अब यो हारपछि एभर्टनले लिगको तेस्रो स्थानमा उक्लिने मौका पनि गुमाएको छ । ऊ अब १६ खेलबाट २९ अंकका साथ चौथो स्थानमा छ । विजयी वेस्ट ह्याम १७ खेलबाट २६ अंक बनाएर १०औं स्थानमा छ ।

प्रकाशित मिति १८ पुष २०७७, शनिबार ०८:५१
Loading...