२०२० का सर्वोत्कृष्ट १० खेलाडीको सूचीमा मेस्सी मुस्किलले १०औं स्थानमा : को–को परे ?

एजेन्सी, पुस १७
वर्ष २०२० सकिएर आजबाट नयाँ वर्ष २०२१ लागेको छ । स्पेनको चर्चित पत्रिका ‘मार्का’ले वर्ष २०२० का लागि सर्वोत्कृष्ट खेलाडीको सूची सार्वजनिक गरेको छ । उसले पत्रकार तथा फ्यानहरूको अनलाइन भोटका आधारमा टप–१०० खेलाडीको सूची प्रकाशित गरेको छ । यहाँ सर्वोत्कृष्ट १० खेलाडीको सूची राखिएको छ ।

‘मार्का’को अनलाइन संस्करणका अनुसार वर्षका उत्कृष्ट खेलाडी छनौट गर्दा खेलाडीको व्यक्तिगत प्रदर्शनलाई मुख्य आधार मानिएको छ । त्यसैगरी, टिमको सफलता र उपाधिलाई पनि आधार मानिएको छ । यस वर्ष सो पत्रिकाले निकालेको सर्वोत्कृट खेलाडीको सूचीमा जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की शीर्ष स्थानमा छन् ।

इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो यस सूचीको पाँचौं स्थानमा रहँदा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी भने मुसिकलले १०औं स्थानमा मात्रै छन् । मेस्सीभन्दा अगाडि रियल मड्रिडका सर्जियो रामोस र करिम बेन्जेमा रहेका छन् । हेरौं सूची–

१. रोवर्ट लेवान्डोस्की, बार्यन म्युनिख
२. जोसुवा किमिच, बार्यन म्युनिख
३. केलियन एमबाप्पे, पिएसजी
४. सर्जियो रामोस, रियल मड्रिड
५. क्रिस्टियानो रोनाल्डो, युभेन्टस
६. नेइमार, पिएसजी
७. करिम बेन्जेमा, रियल मड्रिड
८. म्यानुएल निउर, बार्यन म्युनिख
९. अर्लिङ हल्यान्ड, डर्टमुन्ड
१०. लिओनल मेस्सी, बार्सिलोना

प्रकाशित मिति १७ पुष २०७७, शुक्रबार २१:२४
Loading...