१७औं स्थानको एइबारसँग बार्सिलोनाको निराशाजनक बराबरी

काठमाडौं, पुस १५
स्पेनिस फुटबल क्लब बार्सिलोना वर्ष २०२० को अन्तिम खेलमा निराशाजनक बराबरीमा रोकिएको छ । ला लिगामा मंगलबार राति भएको लिगको १५औं साताको खेलमा बार्सिलोनालाई उसकै घरेलु मैदानमा १७औं स्थानको पाहुना टोली एइबारले १–१ को बराबरीमा रोकिदिएको हो । वर्षको अन्तिम खेलमा बार्सिलोनालाई आफ्नै मैदानमा हारबाट जोगिन ठूलै संघर्ष गर्नु परेको थियो ।

प्रकाशित मिति १५ पुष २०७७, बुधबार ०१:५३
Loading...