पहिलो हाफमा बराबरी : मार्टिन ब्रेथवेटले मिस गरे पेनाल्टी

काठमाडौं, पुस १५
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा अहिले बार्सिलोना र एइबारको खेल जारी छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । पहिलो हाफमा बार्सिलोनाले एक पेनाल्टी मिस गर्यो भने १ गोलले मान्यता पाएन ।

कप्तान लिओनल मेस्सीबिनै खेलिरहेको बार्सिलोनाले खेलको आठौं मिनेटमा पेनाल्टी पाएको थियो । बक्समा एइबारका खेलाडीले बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोमाथि फउल गरेपछि रेफ्रीले भिएआरमार्फत् जाँच गरेर बार्सिलोनालाई पेनाल्टी दिएका थिए । तर, मार्टिन ब्रेथवेटले पेनाल्टी प्रहार पोस्टभन्दा बाहिर हानेपछि बार्सिलोना सुरुआती अग्रता लिनबाट चुकेको थियो ।

त्यसपछि खेलको खेलको २४औं मिनेटमा ब्रेथवेटले नै पेड्रीको क्रस पासमा गोल गरेका थिए । तर, गोल हुनेक्रममा उनी आफैं अफसाइड रहेपछि रेफ्रीले पछि उनको गोल रद्द गरिदिएका थिए । घरेलु मैदानमा बार्सिलोनाले फितलो प्रदर्शन गरिरहेको छ । यता, पहिलो हाफमा इएबारले एकपटक पेनाल्टीका लागि अपिल गरे पनि भिएआरले दिएन ।

प्रकाशित मिति १५ पुष २०७७, बुधबार ००:४३
Loading...