क्लब सान्तोषले भन्यो– ‘मेस्सीले पेलेको रेकर्ड तोडेको कुरा झुठो’

एजेन्सी, पुस १४
स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले आफ्नो क्लबका लिजेन्ड खेलाडी पेलेले बनाएको सर्वाधिक गोलको रेकर्ड भंग गरेको कुरा झुठो रहेको दाबी ब्राजिलको क्लब सान्तोषले गरेको छ । मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गर्दै पेलेले आफ्नो करिअर दौरान सान्तोषका लागि गरेकोे ६४३ गोलको रेकर्ड भंग गरेका थिए ।

धेरैले यसलाई मान्यता दिन्छन् कि, पेलेले सान्तोषका लागि करिअरभरिमा कूल ६४३ गोल गरेका थिए । त्यस आधारमा मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गर्दै फुटबल इतिहासमा कुनै पनि खेलाडीले एकै क्लबका लागि गरेको सर्वाधिक गोलको रेकर्ड मेस्सीले भंग गरेको मानिएको छ ।

मेस्सीले आफ्नो रेकर्ड भंग गरेपछि पेले स्वयंले मेस्सीलाई सामाजिक सन्जालमार्फत् बधाई दिइसकेका छन् । तर, क्लब सान्तोषले आफ्नो अफिसियल सामाजिक सन्जालमार्फत् मेस्सीले पेलेको रेकर्ड भंग गरेको कुरा गलत रहेको भन्दै पेलेका नाममा अझै धेरै गोल गरेको बताएको छ । सान्तोषले मेस्सीलाई पेलेको रेकर्ड तोड्न अझै थुप्रै वर्ष लाग्ने पनि बताएको छ ।

‘पछिल्ला केही दिनयता सामाजिक सन्जालमा पेलेले सान्तोषबाट गरेको गोलको विषयमा धेरै चर्चा भएको छ । केही आँकडाअनुसार अर्जेन्टिनी लिओनल मेस्सी बार्सिलोनाबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले क्याटलान क्लबका लागि ६४४ गोल गरेका छन् । पेलेले यसअघि नै बार्सिलोनाका १० नम्बरका जर्सीलाई बधाई दिएका छन् । हाम्रोजस्तो कथा उही क्लबलाई यति लामो समयसम्म माया प्रेम गरे । दुःखको कुरा, फुटबलमा यस्तो सायदै बन्छ,’ सान्तोषले लेखेको छ ।

क्लब सान्तोषले पेलेले ६४३ नभई कूल १ हजार ९१ गोल गरेको दाबी गर्दै लेखेको छ– ‘विशेषज्ञ प्रेस खाताका अनुसार पेलेले प्रतिस्पर्धात्मक खेलमा ६४३ गोल गरेका छन् । मैत्रीपूर्ण र अन्य प्रतियोगितामा ४४८ गोल गरेका छन्, जसको अवमूल्यन भएको छ । ४४८ गोललाई अमान्य बनाउने कोसिस यतिबेला भइरहेको छ । जो गोल त्यो समयका उत्कृष्ट क्लबहरूविरुद्ध भएको थियो । हामी विश्वास गर्छौं कि, मेस्सीले पेलेको रेकर्ड तोड्ने अझै थप ४४८ गोल गर्न गर्नुपछ । र, यसका लागि अरू १२–१५ वर्ष लाग्न सक्छ ।’

क्लब सान्तोषले मेस्सीले गरेजति गोल त पेलेले अफिसियल प्रतियोगितामा मात्रै गरेको दाबी गरेको छ । मेस्सीका मैत्रीपूर्ण र अफिसियल प्रतियोगितामा भएका सबै गोल हिसाब गरेर ६४४ बनाएजस्तै पेलेको पनि त्यसरी नै हिसाब गर्ने हो भने पेलेका नाममा १ हजार ९१ गोल हुने सान्तोषले बताएको छ । उसले थप लेखेको छ– ‘मेस्सीले सबैखाले प्रतियोगितामा गरेको कूल गोल ६४४ हो । यसरी नै सबैखाले प्रतियोगिताको गोल जोड्ने हो भने पेलेले सान्तोषका लागि १ हजार ९१ गोल गरेका छन् ।’

प्रकाशित मिति १४ पुष २०७७, मंगलवार २१:२७
Loading...