एइबारविरुद्ध यस्तो हुनेछ मेस्सीबिना बार्सिलोनाको प्लेइङ–११

काठमाडौं, पुस १४
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज राति बार्सिलोना वर्ष २०२० को अन्तिम खेल एइबारसँग खेल्दै छ । बार्सिलोनाका लागि यो १५औं र एइबारका लागि १६औं साताको खेल हुनेछ । खेल नेपाली समयअनुसार राति ठीक १२ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा बार्सिलोना १४ खेलपछि २४ अंक जोडेर पाँचौं स्थानमा रहँदा एइबार १५ खेलपछि १५ नै अंक बनाएर १७औं स्थानमा छ । ताजा स्थितिमा बार्सिलोना शीर्ष टोली एथ्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडभन्दा समान ८–८ अंकले पछि छ ।

आज क्याम्प नोउ रंगशालामा उत्रिँदा बार्सिलोनाको टोलीमा कप्तान लिओनल मेस्सी हुनेछैनन् । दायाँ खुट्टाको जोर्नीमा चोट परेपछि उनी उपचार गराइरहेका छन् । उनीबाहेक अन्य सबैजसो खेलाडी आज राति हुनेछन् । फ्रेन्च विंगर उसामान डेम्बेले चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । तर, आज उनले खेल्ने सम्भावना भने न्यून छ ।

आज राति गोलपोस्ट मार्क आन्द्रे टर स्टेगेनले सम्हाल्नेछन् भने फ्रन्ट लाइनमा एन्टोनी ग्रीजम्यान, पेड्री, मार्टिन ब्रेथवेट र फिलिपे कोउटिन्होसहितका खेलाडी उपलब्ध हुनेछन् । यस्तो हुनेछ छ आज राति बार्सिलोनाको सम्भावित प्लेइङ–११:

प्रकाशित मिति १४ पुष २०७७, मंगलवार १३:२५
Loading...