‘शताब्दीकै सर्वोत्कृष्ट’ खेलाडीका लागि कसले कति फ्यान भोट पाए ?

काठमाडौं, पुस १३
हिजो (आइतबार) राति दुबईमा २१औं शताब्दीका लागि सर्वोत्कृष्ट खेलाडी घोषणा भयो । दुबई अन्तर्राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न विधाका साथमा २१औं शताब्दकै महान् खेलाडी घोषणा गरेको थियो । जसमा इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ‘प्लेयर अफ् द सेन्चुरी’ घोषित हुँदै अवार्ड जिते ।

यस अवार्डका लागि विश्वभरबाट फुटबल फ्यानहरूको भोट र आयोजकका तर्फबाट अफिसियल निर्णायकहरूको भोट समेत गरी विजेता घोषणा गरिन्छ । पाँचपटक बालोन डिओर अवार्ड र दुई अन्तर्राष्ट्रिय उपाधि जितेका रोनाल्डोले शताब्दी खेलाडीका लागि आफ्ना खास प्रतिस्पर्धी स्पेनिस बार्सिलोना तथा अजेन्टिनाका लिओनल मेस्सीलाई पछि पारे ।

अन्तिम नतिजा घोषणा हुँदा रोनाल्डोले अन्य प्रतिस्पर्धीलाई निकै पछि पारे । पहिलो स्थानमा रोनाल्डो रहँदा दोस्रो स्थानमा बार्सिलोनाका मेस्सी रहे । चौथो स्थानमा ब्राजिलका लिजेन्ड रोनाल्डिन्हो रहे । आयोजकले सार्वजनिक गरेको अन्तिम फ्यान भोटिङ नतिजा यस्तो छ–

१. क्रिस्टियानो रोनाल्डो – ३८ प्रतिशत
२. लिओनल मेस्सी – २४ प्रतिशत
३. मोहमद सालाह – २३ प्रतिशत
४. रोनाल्डिन्हो – १४ प्रतिशत

प्रकाशित मिति १३ पुष २०७७, सोमबार १४:०८
Loading...