रियल मड्रिड २१औं शताब्दीकै उत्कृष्ट क्लब घोषित

काठमाडौं, पुस १३
स्पेनिस क्लब रियल मड्रिड २१औं शताब्दीकै बेस्ट क्लब घोषित भएको छ । गत राति रियललाई ‘क्लब अफ् द सेन्चुरी’ घोषित गरिएको हो । दुबई अन्तर्राष्ट्रिय खेलकुद परिषद्ले फ्यान भोटिङ र अफिसियल निर्णायकहरूको मतका आधारमा स्पेनिस जायन्ट क्लबलाई यस शताब्दकै सबैभन्दा उत्कृष्ट क्लबको अवार्ड प्रदान गरेको हो ।

यस शताब्दीमा क्लबले प्राप्त गरेका उपलब्धि, जितेका उपाधि, ख्याति र सो क्लबमा रहेर खेलाडीले व्यक्तिगत रूपमा पाएका सफलताका आधारमा उत्कृष्ट क्लब घोषित गरिएको हो । रियलले शताब्दीकै बेस्ट क्लब अवार्ड जित्दा स्पेनिस बार्सिलोनालाई पछि पारेको हो ।

रियलले युरोपको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग कूल १३ पटक (बार्सिलोना ५ पटक) जितेको छ भने ला लिगा ३४ पटक (बार्सिलोना २६ पटक) जितेको छ । त्यसैगरी, रिययले कोपा डेल रे १९ पटक, स्पेनिस सुपर कप ११ पटक, युरोपियन सुपर कप ४ पटक र फिफा क्लब विश्वकप ७ पटक जितेको छ ।

यता, रियल मड्रिडकै खेलाडीहरू (पूर्व) क्रिस्टियानो रोनाल्डोले सोही क्लबबाट ४ पटक बालोन डिओर जित्दा लुका मोड्रिक, काकासहितका खेलाडीले पनि यसै शताब्दीमा बालोन डिओर जितेका छन् ।

प्रकाशित मिति १३ पुष २०७७, सोमबार ०९:३३
Loading...