१९औं स्थानको टिमसँग लिभरपुल आफ्नै घरमा रोकियो

काठमाडौं, पुस १३
इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुल रेलिगेसन जोनको टिमसँग निराशाजनक बराबरीमा रोकिएको छ । आइतबार राति भएको लिगको १५औं साताको खेलमा १९औं स्थानको टिम वेस्ट ब्रुमले लिग लिडर लिभरपुललाई उसकै घरेलु मैदानमा १–१ को बराबरीमा रोकेको हो । लिभरपुलले खेलमा पहिला अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा अन्तिम समयमा गोल खाएपछि घरेलु मैदानमै अंक गुमाउन बाध्य भयो ।

प्रकाशित मिति १३ पुष २०७७, सोमबार ००:१४
Loading...