लेवान्डोस्कीले जिते ग्लोब सकर अवार्ड

काठमाडौं, पुस १२
जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की वर्ष २०२० का लागि सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । दुबई अन्तर्राष्ट्रिय खेलकुद परिषद्ले ३२ वर्षीय लेवान्डोस्कीलाई आज (आइतबार) ‘ग्लोब सकर अवार्ड–२०२०’ को विजेता घोषित गरेको हो । लेवान्डोस्कीले इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ग्लोब सकर अवार्ड जितेका हुन् ।

प्रकाशित मिति १२ पुष २०७७, आईतवार २२:०५
Loading...