मेस्सीलाई पछि पार्दै रोनाल्डो ‘शताब्दीकै महान् खेलाडी’ घोषित

काठमाडौं, पुस १२
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो शताब्दीकै महान् (सर्वोत्कृष्ट) खेलाडी घोषित भएका छन् । दुबई अन्तर्राष्ट्रिय खेलकुद परिषद्ले आज उमेरले ३६ वर्ष नजिक रहेका रोनाल्डोलाई २१औं शताब्दीकै महान् खेलाडीका रूपमा घोषणा गरेको हो ।

नेपाली समयअनुसार आइतबार राति ८ः१५ बजेबाट दुबईमा सुरु भएको एक सभामा रोनाल्डोलाई शताब्दकै बेस्ट खेलाडी घोषणा गरिएको हो । यो अवार्डका लागि विश्वभरबाट फ्यानहरूको भोटिङ मुख्य निर्णायक हुन्छ भने आयोजकका तर्फबाट अफिसियल निर्णायकहरूको मत पनि सहयोगी हुन्छ । यी दुवै पक्षको भोटबाट अन्तिम नतिजा घोषणा गरिएको हो ।

रोनाल्डोले आफ्ना खास प्रतिस्पर्धी स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सीलाई पछि पार्दै शताब्दीकै महान् खेलाडीले पाउने अवार्ड पोल्टामा पारेका हुन् । यस अवार्डका लागि रोनाल्डो विजेता बन्दा मेस्सी भने निकै पछि रहे ।

प्रकाशित मिति १२ पुष २०७७, आईतवार २१:५०
Loading...