‘ग्लोब सकर अवार्ड’ को अन्तिम फ्यान भोटिङ नतिजा सार्वजनिक

काठमाडौं, पुस १२
वर्ष २०२० का लागि दिइने ‘ग्लोब सकर अवार्ड’ को फ्यान भोटिङतर्फको अन्तिम नतिजा सार्वजनिक भएको छ । आयोजक दुबई अन्तर्राष्ट्रिय खेलकुद परिषद्ले अफिसियल रूपमा समर्थकहरूले गरेको भोटिङ नतिजा सार्वजनिक गरेको छ, जसमा इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सबैभन्दा अगाडि देखिएका छन् ।

तर, फ्यान भोटिङको नतिजामा आयोजकका तर्फबाट अफिसियल निर्णायकहरूको भोट–अंक भने फ्यान भोटिङमा मिसाइएको छैन । अन्तिम समयमा दुवै निर्णायक मत समायोजन गरेर विजेता घोषणा गरिनेछ । फ्यान भोटिङअनुसार रोनाल्डोले यस वर्षको सर्वोत्कृष्ट खलाडीको अवार्ड जित्ने पक्का देखिएको छ ।

साथै, विभिन्न रिपोर्टहरूअनुसार ‘प्लेयर अफ् द सेन्चुरी’ तर्फ पनि रोनाल्डो नै अघि रहेका छन् । वर्ष खेलाडी २०२० को सर्वोत्कृष्ट खेलाडी र २१औं शताब्दीकै महान् खेलाडी दुवै अवार्ड रोनाल्डोले जित्ने देखिएको छ । यी दुवै अवार्डमा स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी भने पछि परेका छन् । रोनाल्डोलाई वर्ष खेलाडीको अवार्डमा जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका रोवर्ट लेवान्डोस्कीले पछ्याएका छन् । अवार्ड घोषणा आज राति हुँदैछ ।

हेरौं नतिजा:

प्रकाशित मिति १२ पुष २०७७, आईतवार १८:४५
Loading...