प्रिमियर लिगमा आज हुने चार खेलबारे जानकारी

काठमाडौं, पुस १२
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज विभिन्न ४ खेलहरू हुँदैछन् । आज हुने खेलहरूमा लिड्स युनाइटेड, लिभरपुल, टोटनह्याम र उल्भ्सका खेलहरू रोमाञ्चक हुनेछन् । आज हुने खेलमध्ये ११औं स्थानको उल्भ्स र आठौं स्थानको टोटनह्यामको सबैभन्दा हेर्नलायक हुनेछ ।

पछिल्ला दुई खेलमा लगातार हार व्यहोरेको टोटनह्याम आज उल्भ्सको घरेलु मैदानमा उत्रिँदा चर्को दबाबमा हुनेछ । १० दिनअघिसम्म लिगको शीर्ष स्थानमा रहेको टोटनह्याम अहिले आठौं स्थानमा झरेको छ । उसले लिगका पछिल्ला ५ खेलमध्ये मात्रै १ खेल जितेको छ भने २ खेल हार्दा २ खेल बराबरी गरेको छ ।

यदि आज लिगको एक बलियो टोली उल्भ्सलाई उसकै घरेलु मैदानमा पराजित गर्न सके टोटनह्याम १५ खेलपछि २८ अंक जोड्दै एकैपटक पाँच स्थान सुधार गरेर तेस्रो स्थानमा उक्लिने अवसर छ । तर, त्यसका लागि उसलाई आजको खेलमा स्पष्ट जित नै आवश्यक पर्छ ।

आज हुने खेलहरू नेपाली समयमा:

लिड्स युनाइटेड भर्सेस बर्नली – साँझ ५ः४५ बजे
वेस्ट ह्याम भर्सस ब्राइटन – राति ८ बजे
लिभरपुल भर्सेस वेस्ट ब्रुम – राति १०ः१५ बजे
उल्भ्स भर्सेस टोटनह्याम – राति १ बजे

प्रकाशित मिति १२ पुष २०७७, आईतवार १३:४४
Loading...