प्रिमियर लिगमा रासफोर्डले पूरा गरे अर्धशतक

काठमाडौं, पुस ११
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड मार्कुस रासफोर्डले घरेलु लिगमा गोलको अर्धशतक पूरा गरेका छन् । आज शनिबार लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको खेल दौरान १ गोल गर्दै उनले प्रिमियर लिगमा ५० गोलको आँकडा पूरा गरेका हुन् । लेस्टर र युनाइटेडको खेल २–२ को बराबरीमा सकिएको थियो ।

२३ वर्षीय युवा इंलिस खेलाडीले प्रिमियर लिमगा कूल १५६ खेल खेल्दै ५० गोल पूरा गरेका हुन् । सिजन २०१५–१६ देखि युनाइटेडको शीर्ष टोलीबाट खेल्न थालेका उनले छैटौं सिजन बिताउनेक्रममा ५० गोल पूरा गरे । युनाइटेडका लागि उनले हालसम्म समग्रमा २३७ खेलबाट ८० गोल गरेका छन् ।

प्रिमियर लिगमा जारी सिजन रासफोर्डले १४ खेलबाट ६ गोल र ४ असिस्ट गरेका छन् । उनले यो सिजन सबैखाले प्रतियोगिताबाट २३ खेल खेल्दै १३ गोल र ६ असिस्ट प्रदान गरेका छन् ।

प्रकाशित मिति ११ पुष २०७७, शनिबार २१:१३
Loading...