प्रिमियर लिगमा आर्सनल र चेल्सीको रोमाञ्चक खेल हुँदै

काठमाडौं, पुस ११
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज विभिन्न ६ खेलहरू हुँदैछन् । आज हुने खेलहरूमध्ये एक खेलमा लिगका दुई बलिया टोलीहरू आर्सनल र चेल्सी आमनेसामने हुँदैछ । यो खेल आर्सनलको घरेलु मैदानमा नेपाली समयअनुसार राति ११ः१५ बजेबाट सुरु हुनेछ ।

यो सिजन खराब स्थितिबाट गुज्रिरहेको आर्सनल हाल अंक तालिकामा १४ खेलपछि मात्रै १४ अंक बनाएर १५औं स्थानमा छ । उसल यो सिजन ८ खेल हारिसकेकोे छ भने मात्रैै ४ खेल जितेको छ । उसले लिगका पछिल्ला ५ खेलमा एक खेल पनि जित्न सकेको छैन ।

यता, आज आर्सनलको घरेलु मैदानमा उत्रिन लागेको चेल्सी हाल १४ खेलपछि २५ अंकका साथ पाँचौं स्थानमा रहेको छ । उसले यो सिजन ७ खेल जितेको छ । चेल्सी आज आर्सनलाई उसकै घरेलु मैदानमा हराएर अंक तालिकाको तेस्रो स्थानमा उक्लिने दाउमा छ ।

आजका खेल नेपाली समयमा

लेस्टर सिटी भर्सेस म्यानचेस्टर युनाइटेड – साँझ ६ः१५ बजे
फुलहाम भर्सेस साउथह्यामपटन – राति ८ः४५ बजे
एस्टोन भिल्ला भर्सेस क्रिस्टल प्यालेस – राति ८ः४५ बजे
आर्सनल भर्सेस चेल्सी – राति ११ः१५ बजे
म्यानचेस्टर सिटी भर्सेस न्युक्यासल – राति १ः४५ बजे
सेफिल्ड युनाइटेड भर्सेस एभर्टन – राति १ः४५ बजे

प्रकाशित मिति ११ पुष २०७७, शनिबार १२:५१
Loading...