सेलिब्रेसनको शैली : मेस्सीको गोल खाने गोलकिपरहरूलाई ६४४ बोतल बियर उपहार !

काठमाडौं, पुस १०
स्पेनिस फुटबल क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले केही दिनअघि बार्सिलोनाका लागि ६४४ गोल पूरा गरे । उनले ब्राजिलका लिजेन्ड खेलाडी पेलेका नाममा रहेको ६४३ गोलको रेकर्ड भंग गर्दै फुबटल इतिहासमै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए ।

मेस्सीको सोही सफलतालाई अमेरिकाको चर्चित मदिरा कम्पनी ‘बुडवाइजर’ले सेलिब्रेसन गरेको छ । बियर कम्पनीले मेस्सीको ६४४ गोलको सेलिब्रेसन गर्न पृथक शैली अपनाएको छ । उसले मेस्सीको गोल खाने हरेक गोलकिपरलाई सो बियर बाँडेको छ । कुनै एक गोलकिपरले मेस्सीको जति गोल खाएको छ, त्यत्ति नै बोतल बियर बाँडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यतिसम्म कि, कुनै गोलकिपरले मेस्सीको कुन नम्बर को गोल खाएका थिए, त्यसै नम्बर प्रिन्ट भएको बियर पाएका छन् । जस्तो कि, इटालियन युभेन्टसका गोलकिपर जियानलुइजी बुफोनले ५१४ र ५१५ नम्बमा बियर पाएका छन् । मेससीले बुफोनविरुद्ध बार्सिलोनाबाट आफ्नो करिअरका ६४४ गोलमध्ये ५१४ र ५१५ नम्बरको गोल गरेका थिए ।

बियर कम्पनीबाट त्यस्तो बियर पाएपछि बुफोनले तस्बिर नै सार्वजनिक गर्दै मेस्सीलाई बधाई दिएका छन् । त्यसैगरी, स्पेनिस एथ्लेटिको मड्रिडका जान ओब्लाक, चेल्सीका गोलकिपर किपासहितका गोलकिपरले उपहारमा बियर पाएको तस्बिर सार्वजनिक गरेका ।

रिपोर्टअनुसार बियर कम्पनीले मेस्सीको गोल खाने कूल १ सय ६० जना गोलकिपरलाई बियर बाँडेको छ । तर, गोल संख्यामा आधारमा कम्पनीले मेस्सीको ६४४ गोल खाने सबै गोलकिपरलाई गरेर ६४४ वटै बियर बाँडेको बताइएको छ ।

प्रकाशित मिति १० पुष २०७७, शुक्रबार २१:१६
Loading...