सिटीका २ खेलाडीसहित ४ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस १०
इंग्लिस क्लब म्यानचेस्टर सिटीका २ जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै, अन्य २ जना स्टाफमा पनि कोरोना देखिएको छ । आज क्लब सिटीले अफिसियल प्रेस नोट जारी गर्दै २ जना खेलाडीसहित ४ जनामा कोरोना देखिएको पुष्टि गरेको छ ।

संक्रमित खेलाडीमा फरवार्ड ग्याब्रिएल जेसस र सेन्टर ब्याक केले वाल्कर रहेका छन् । उनीहरू दुवैको कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको छ । क्लबका अनुसार संक्रमित खेलाडीमा कोरोनाको लक्षण देखिएको छैन । र, उनीहरूको स्वास्थ्य अवस्था राम्रो छ । उनीहरू सबै होम आइसोलेसनमा बसेका छन् ।

प्रकाशित मिति १० पुष २०७७, शुक्रबार २०:५९
Loading...