करिअरकै सुनौलो वर्ष : तथ्यांकमा यस्तो रह्यो लेवान्डोस्कीको वर्ष २०२०

काठमाडौं, पुस १०
जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीका लागि वर्ष २०२० करिअरकै सबैभन्दा उत्कृष्ट र सफल रह्यो । उनले यस वर्षमा टिमका रूपमा ठूला उपाधि मात्रै जितेनन्, व्यक्तिगत रूपमा युइएफए बेस्ट अवार्ड र फिफा बेस्ट अवार्ड पनि जिते । बार्यनसँग उनले युरोपियन च्याम्पियन्स लिगसहित ट्रिबेल उपाधि जिते । वर्ष २०२० भित्र उनले ५ उपाधि जिते ।

यो सफलता र तथ्यांक हेर्दा ३२ वर्षका लेवान्डोस्कीका लागि यो वर्ष निकै सुखद् रह्यो । भलै, कोरोना भाइरसका कारण अवार्ड नै रद्द भएपछि उनले यस वर्षको बालोन डिओर जित्न पाएनन् । यदि अवार्ड रद्द हुँदैन थियो भने उनले नै यो अवार्ड जित्नेमा कुनै शंका थिएन । तर, यसलाई छाडेर पनि उनले दुई ठूला अवार्ड जिते । यो उनको लामो करिअरका लागि सबैभन्दा ठूलो सफलता हो ।

गत सिजन २०१९–२० मा लेवान्डोस्की बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप फुटबलको सर्वाधिक गोलकर्ता खेलाडी बने । तर, उनी युरोपियन गोल्डेन बुट जित्न असफल रहे । बार्यनलाई ट्रिबेल उपाधि जिताउन उनी नायक खेलाडी बने ।

उपाधि र अवार्डका हिसाबले वर्ष २०२० लेवान्डोस्कीका लागि जति शतानदार रह्यो, गोलका हिसाबले पनि उति नै शानदार । उनले अब २०२० भित्र खेल्ने सबै खेल सकिएका छन् । यो वर्ष उनको व्यक्तिगत तथ्यांक कस्तो रह्यो ? हेरौं छ–

कूल खेल – ३६
कूल गोल – ४७
कूल असिस्ट – १५
कूल योगदान – ३६ खेलबाट ६२ गोल (गोल प्लस असिस्ट)
पोल्यान्डका लागि – ४ खेलबाट २ गोल

प्रकाशित मिति १० पुष २०७७, शुक्रबार १६:०६
Loading...