रोनाल्डोका नाममा २१औं शताब्दीकै दुर्लभ रेकर्ड

काठमाडौं, पुस १०
इटालियन क्लब युभेन्टसका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोका नाममा सिरी ए लिग फुटबलमा एक नयाँ रेकर्ड बनेको छ । उमेरले २६ वर्ष नजिक रहेका पोर्चुगिज रोनाल्डो अब इटालीको शीर्ष लिगमा एकै वर्षभित्रमा ३३ गोल गर्ने २१औं शताब्दकै एक मात्रै खेलाडी बनेका छन् ।

वर्ष २०२० मा सिरी ए लिगका सबै खेल सकिएका छन् । पछिल्लोपटक रोनाल्डोले पार्माविरुद्ध २ गोल गरेका थिए । सो गोल उनका लागि यस वर्षभित्र गरेको कूल ३३औं लिग गोल थिए । र, कुनै पनि खेलाडीले सिरी ए लिगमा सन् १९६१ पछि एकै वर्षमा ३३ लिग गोल गरेको यो नै पहिलोपटक हो ।

२१औं शताब्दी सुरु भइकन कुनै पनि खेलाडीले सिरी ए लिगमा एक वर्षभित्रमा ३३ गोल गरेका थिएनन् । अब सो रेकर्ड रोनाल्डोका नाममा रहनेछ । जारी सिजन रोनाल्डोले सिरी ए लिगमा कूल १० खेलबाट १२ गोल र ३ असिस्ट गरेका छन् । उनी यो सिजनको सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।

प्रकाशित मिति १० पुष २०७७, शुक्रबार १२:४६
Loading...