बेन्जेमा ला लिगाको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा : हेरौं ताजा स्थिति

काठमाडौं, पुस ९
स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमा घरेलु लिग ला लिगामा जारी सिजन २०२०–२१ को सर्वाधिक गोलकर्ताको सूचीमा चढेका छन् । गत राति रियलले आफ्नो घरेलु मैदानमा ग्रानाडालाई २–० ले हराउनेक्रममा फ्रेन्च फरवार्ड बेन्जेमाले इन्जुरी समयमा १ गोल गरेका थिए । सो गोलसँगै यो सिजन उनले लिगमा गरेको कूल गोल संख्या ८ पुगेको छ ।

ताजा अवस्थामा सर्वाधिक गोलकर्ताको सूचीमा रहेका टप–३ को समान ८–८ गोल छ । जसमा रियलका बेन्जेमा ८ गोल र ५ असिस्टसहित शीर्ष स्थानमा रहेका छन् । दोस्रो स्थानमा सेल्टा भिगोको इयागो आसपास ८ गोल र ५ असिस्टसहित रहेका छन् । भिल्लारियलका जेरार्ड मोरेनो ८ गोल र १ असिस्टसहित तेस्रो स्थानमा छन् ।

यसपटक स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी गोल संख्यामा पछि परेका छन् । उनले बार्सिलोनाका लागि ७ गोल र १ असिस्ट मात्रै गरेका छन् । ताजा स्थितिमा मेस्सी टप–३ का ३ जना सर्वाधिक गोलकर्ताभन्दा मात्रै १ गोलले पछि छन् । यसै साता ला लिगामा वर्ष २०२० को अन्तिम खेल हुँदैछन् ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार २०:३४
Loading...