अन्तिम समयमा २ गोल : एभर्टनलाई हराउँदै युनाइटेड काराबाओ कपको सेमिफाइनलमा

काठमाडौं, पुस ९
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड काराबाओ कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । अन्तिमा आठमा गत राति भएको खेलमा युनाइटेडले प्रिमियर लिग प्रतिस्पर्धी टोली एभर्टनलाई उसकै घरेलु मैदानमा ०–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । यससँगै अब कपको अन्तिम चारमा पुग्ने ४ वटै टोलीको टुंगो लागेको छ ।

गुडिसन पार्कमा भएको प्रतिस्पर्धात्मक खेलको ८७औं मिनेटसम्म कुनै गोल भएको थिएन । तर, त्यसपछि युनाइटेडले २ गोल हान्यो । ८८औं मिनेटमा इडिन्सन काभानीले गोल गरेर युनाइटेडलाई जितको बाटो देखाएका थिए । फेरि थप समयको छैटौं मिनेटमा एन्थोनी मार्सियालले गोल गरेपछि खेल युनाइटेडले ०–२ ले जित्यो ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार ०३:५४
Loading...