सहज जितसहित टोटनह्याम काराबाओ कपको सेमिफाइनल प्रवेश

काठमाडौं, पुस ९
इंग्लिस क्लब टोटनह्याम नकआउट काराबाओ कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाइनल खेलमा टोटनह्यामले तल्लो श्रेणीको क्लब स्टोक सिटीलाई उसैको घरेलु मैदानमा १–२ ले हराउँदै सेमिमा स्थान बनाएको हो । स्टोक भने प्रतियोगिताबाट आउट भएको छ ।

टोटनह्यामका लागि खेलको २२औं मिनेटमा ग्यारेथ बेलले पहिलो गोल गरेका थिए । स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा टोटनह्याम पुगिकन उनले तेस्रो गोल गर्न सफल भएका हुन् । त्यसपछि खेलको ५३औं मिनेटमा घरेलु टोली सिटीका लागि जोर्डन थोमप्स्नले गोल गरेपछि खेल १–१ को बराबरी भयो ।

त्यसपछि दबाबमा परेको टोटनह्यामका लागि खेलको ७०औं मिनेटमा बेन डेभिसले गोल गर्दै टिमलाई जिततर्फ अघि बढाएका थिए । त्यसपछि खेलको ८१औं मिनेटमा ह्यारी केनले गोल गरेपछि टोटनह्यामको १–३ को जित पक्का भयो ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार ०१:०२
Loading...