काराबाओ कप क्वार्टरफाइनल : आज हुँदैछन् अन्तिम दुई खेल

काठमाडौं, पुस ८
इंग्लिस कारबाओ कप फुटबलमा क्वार्टरफाइनलअन्तर्गत आज राति अन्तिम दुई खेलहरू हुँदैछन् । गत राति दुई खेल सकिएका छन् । जसमा एक खेलमा ब्रेन्टफोर्डले न्युक्यासललाई १–० र र म्यानचेस्टर सिटीले आर्सनललाई १–४ ले हराएर सेमिफाइनल पुगिसकेका छन् ।

आज राति हुने हुने दुई खेलमध्ये एक खेलमा स्टोक सिटी र टोटनह्याम आमनेसामने हुँदैछन् । यो खेल स्टोक सिटीको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक ११ः१५ बजेबाट सुरु हुनेछ । आज हुने अर्को खेलमा प्रिमियर लिगका टोली एभर्टन र म्यानचेस्टर युनाइटेडको खेल हुनेछ । यो खेल एभर्टनको घरेलु मैदान उडिसन पार्कमा नेपाली समयअनुसार रा िठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति ८ पुष २०७७, बुधबार १८:०२
Loading...