आर्सनलको धुलाइ गर्दै सिटी काराबाओ कपको सेमिफाइनलमा

काठमाडौं, पुस ८
इंग्लिस क्लब म्यानचेस्टर सिटी नकआउट फुटबल प्रतियोगिता इएफएल (काराबाओ कप) को सेमिफाइनलमा प्रवेश गरेको छ । गत राति भएको क्वार्टरफाइनल खेलमा सिटीले लिग प्रतिस्पर्धी टोली आर्सनललाई उसकै घरेलु मैदानमा १–४ को नमिठो हार खुवाउँदै आफू उपाधितर्फ अघि बढेको हो ।

यससँगै यो सिजन खराब स्थितिबाट गुज्रिरहेको आर्सनल यस प्रतियोतिाबाट आउट भएको छ । प्रिमियर लिगका समेत खराब स्थितिमा रहेको आर्सनल यतिबेला साँच्चै खराब स्थितिमा उभिएको छ । सिटीको पराजयले ऊमाथि थप संकट बढाएको छ ।

आर्सनलविरुद्ध सिटीका लागि खेल सुरु भएको तेस्रो मिनेटमै ग्याब्रिएल जेससले पहिलो गोल गरेर अग्रता दिलाका थिए । त्यसपछि खेलको ३१औं मिनेटमा आर्सनलका लागि एलक्सान्ड्रे लाकाजेटले गोल गरेपछि पहिलो हाफ १–१ सकियो ।

त्यसपछि दोस्रो हाफमा सिटी लगातार आर्सनलमाथि हाबी भयो । खेलको ५४औं मिनेटमा रियाद महारेजले गोल गरे भने ५९औं मिनेटमा फिल फोडेनले गोल गरेर खेल १–३ बनाए । त्यसपछि ७३औं मिनेटमा एमेरिक लापोर्टेले गोल गरेपछि खेल सिटीले १–४ ले जित्यो ।

प्रकाशित मिति ८ पुष २०७७, बुधबार ०७:४२
Loading...