सोसिडाडमाथि एथ्लेटिको मड्रिडको सहज जित : शीर्ष स्थानमा अग्रता बढायो

काठमाडौं, पुस ८
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा उपाधि होडमा रहेको एथ्लेटिको मड्रिडले सहज जित निकालेको छ । मंगलबार राति भएको लिगको १३औं साताको खेलमा एथ्लेटिकोले टप–३ मा रहेको रियल सोसिडाडलाई उसकै घरेलु मैदानमा ०–२ ले पराजित गरेको हो । अब यो जितपछि एथ्लेटिकोले शीर्ष स्थानमा पकड जमाएको छ ।

सोसिडाडको घरमा पाहुना टोली एथ्लेटिकोलाई जिताउनेक्रममा खेलको ४९औं मिनेटमा पहिलो गोल मारियो हेर्मोसोले गरेका थियो । उनले यानिक कारास्कोको असिस्टमा गोल गरेका थिए । त्यसपछि बराबरीमा फर्किन संघर्षरत सोसिडाले एथ्लेटिकोको रक्षापंक्ति छिचोल्न सकेन ।

सोसिडाड त्यत्तिबेला स्तब्ध बन्यो, जब खेलको ७४औं मिनेटमा एथ्लेटिकोले खेलमा दोस्रो गोल हान्यो । यसपटक कारास्कोकै पासमा युवा स्टार मार्कोस लोरेन्टोले गोल गरेपछि एथ्लेटिकोले खेलमा ०–२ को सहज अग्रता बनायो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल एथ्लेटिकोले ०–२ ले जित्यो ।

अब यो जितसँगै एथ्लेटिकोले एक खेल कम खेलेर पनि शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । उसले १३ खेलबाट ३२ अंक जोडेको छ । एक खेल बढी खेलेको रियल मड्रिड २९ अंकसहित दोस्रो स्थानमा छ । पराजित सोसिडाड १६ खेल खेलिसक्दा २५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति ८ पुष २०७७, बुधबार ०४:१८
Loading...