रोनाल्डो ‘प्लेयर अफ् द मन्थ’ घोषित

काठमाडौं, पुस ७
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो प्लेयर अफ् द मन्थ घोषित भएका छन् । उनलाई युभेन्टसले आज अफिसियल रूपमा नोभेम्बर महिनाका लागि आफ्ना खेलाडीमध्येबाट सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो । रोनाल्डो केही दिनअघि मात्रै सिरी ए लिगअन्तर्गत पनि नोभेम्बर महिनाका लागि ‘प्लेयर अफ् द मन्थ’ घोषित भएका थिए ।

अघिल्लो दिन मात्रै रोनाल्डोले वर्ष २०२० का लागि प्रतिष्ठित गोल्डेन फुट अवार्ड जितेका थिए । जारी सिजन उच्च लयमा रहेका रोनाल्डोले हालसम्म क्लबका लागि सबैखाले प्रतियोगिताबाट १३ खेलबाट १६ गोल गर्दै ४ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति ७ पुष २०७७, मंगलवार २१:४७
Loading...