जिदानलाई ‘बेस्ट कोच अफ् द सिजन’ अवार्ड

काठमाडौं, पुस ७
स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदान ‘बेस्ट कोच अफ् द सिजन’ घोषित भएका छन् । अघिल्लो दिन फ्रेन्च म्यानेजर गत सिजन २०१९–२० का लागि ला लिगाकै बेस्ट प्रशिक्षक घोषित भएका हुन् । ला लिगामा विभिन्न विधागत अवार्ड वितरण गर्ने चर्चित पत्रिका ‘मार्सा’ले उनलाई अघिल्लो दिन सिजनकै बेस्ट प्रशिक्षकले पाउने ‘मिगुएल मुनोज’ अवार्ड प्रदान गरेको हो ।

‘मिगुएल मुनोज’ हरेक सिजन लिगको बेस्ट प्रशिक्षकलाई दिने अवार्ड हो । जिदानले पहिलोपटक यो अवार्ड जितेका हुन् । गत सिजन रियलले जिदानकै नेतृत्वमा बार्सिलोनालाई पछि पार्दै ला लिगा च्याम्पियन बनेको थियो । जिदानले प्रशिक्षकका रूपमा ला लिगा दोस्रोपटक गत सिजन जितेका थिए ।

प्रकाशित मिति ७ पुष २०७७, मंगलवार १२:२२
Loading...