ला लिगा : बार्सिलोना आज भाल्लाडोलिडसँग खेल्दै

काठमाडौं, पुस ७
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज विभिन्न ६ खेलहरू हुँदैछन् । आज हुने खेलहरूमध्ये एक खेलमा भाल्लाडोलिड र बार्सिलोनाको खेल पनि हुनेछ । यो खेलका लागि भाल्लाडोलिडले बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ठीक २ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा भाल्लाडोलिड १४ खेलपछि १४ अंक बनाएर १८औं स्थानमा छ । ऊ रेलिगेसन जोनमा छ । यता, बार्सिलोना १३ खेलपछि २१ अंक बनाएर पाँचौं स्थानमा छ । आज घरेलु मैदानमा खेल्ने भाल्लाडोलिड र पछिल्लो समय कमजोर अवस्थाबाट गुज्रिरहेको बार्सिलोना दुवैका लागि यो खेल दबापूर्ण हुनेछ ।

बार्सिलोना यसअघि आफ्नै घरेलु मैदानमा भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएको थियो । हालसम्म १३ खेल सकिँदा बार्सिलोनाले मात्रै ६ खेल जितेको छ । आज ऊ अवे मैदानमा उत्रिँदा राम्रो नतिजा निकालेर अंक तालिकामा स्थिति सुधार्ने दाउमा छ । यो सिजन एकनाशमा प्रदर्शन गर्न नसकेको बार्सिलोना आजको खेल जितेर दबाब कम गर्न चाहन्छ ।

प्रकाशित मिति ७ पुष २०७७, मंगलवार ११:५४
Loading...