रियल मड्रिडका कोर्टुवालाई ‘सिजनकै बेस्ट गोलकिपर’को अवार्ड

काठमाडौं, पुस ७
स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रमुख गोलकिपर थिबाउट कोर्टुवा ‘बेस्ट गोलकिपर अफ् द सिजन’ घोषित भएका छन् । बेल्जियमका गोलकिपर गत सिजन २०१९–२० को ला लिगाकै बेस्ट गोलकिपर घोषित भएका हुन् । ला लिगामा विभिन्न विधागत अवार्ड वितरण गर्ने चर्चित पत्रका ‘मार्सा’ले उनलाई अघिल्लो दिन सिजनकै बेस्ट गोलकपिर घोषणा गर्दै ‘जामोरा ट्रफी’ अवार्ड प्रदान गरेको हो ।

जामोरा ट्रफी हरेक सिजन लिगको बेस्ट गोलकिपरलाई दिइने अवार्ड हो । गत सिजन रियलले बार्सिलोनालाई पछि पार्दै ला लिगा च्याम्पियन बन्दा कोर्टुवाले उच्च प्रदर्शन गरेका थिए । गत सिजन उनले ला लिगामा अन्य कुनै पनि गोलकिपरको भन्दा बढी क्लिन सिट राखेका थिए ।

कोर्टुवाले बार्सिलोनाविरुद्ध २–० को जितसहित सबैभन्दा धेरै १४ खेलमा क्लिन सिट राखेका थिए । उनीपछि एथ्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाक दोस्रो स्थानमा रहे ।

प्रकाशित मिति ७ पुष २०७७, मंगलवार ११:१७
Loading...