मेस्सीलाई सातौं पिचिची अवार्ड : बन्यो कीर्तिमान

काठमाडौं, पुस ७
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख फरवार्ड लिओनल मेस्सीले सातौं पिचिची अवार्ड थापेका छन् । अघिल्लो दिन उनलाई एक समारोहबीच सिजन २०१९–२० को अवार्ड प्रदान गरिएको हो । पिचिची अवार्ड हरेक सिजन ला लिगाको सर्वाधिक गोलकर्ताले पाउने अवार्ड हो ।

मेस्सीले गत सिजन ला लिगामा कूल २५ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए । यसपटक उनले जितेको साँतौं अवार्ड हो । यससँगै मेस्सी अब यो अवार्ड सबैभन्दा धेरै सातौंपटक जित्ने एक मात्रै खेलाडी बनेका छन् । यसअघि यो रेकर्ड तेल्मो जर्रा र मेस्सीका नाममा ६–६ अवार्ड संयुक्त रूपमा थियो ।

तर, गत सिजन मेस्सी लिगको सर्वाधिक गोलकर्ता बनेपछि उनले जर्रालाई पछि पार्दै कीर्तिमानी सातौं पटक पिचिची अवार्ड जितेका हुन् । सन् २००४ देखि लगातार ला लिगा खेल्दै आएका मेस्सीले यो अवार्ड पलिोपटक सिजन २००९–१० मा जितेका थिए ।

गत सिजन बार्सिलोनाले ला लिगा जित्न भने सकेन । लिग च्याम्पियन रियल मड्रिड बनेको थियो । तर, मेस्सीले लिगमा सबैभन्दा धेरै २५ गोल गरेर व्यक्तिगत अवार्ड भने आफ्नो पोल्टामा पार्न सके । तर, मेस्सीले यसपटक सिजनकै बेस्ट खेलाडीको अवार्ड भने गुमाए । मेस्सीले हालसम्म पिचिची अवार्ड जितेका सिजन:

सिजन २००९–१० – ३४ गोल
सिजन २०११–१२ – ५० गोल
सिजन २०१२–१३ – ४६ गोल
सिजन २०१६–१७ – ३७ गोल
सिजन २०१७–१८ – ३४ गोल
सिजन २०१८–१९ – ३६ गोल
सिजन २०१९–२० – २५ गोल

प्रकाशित मिति ७ पुष २०७७, मंगलवार ०९:४२
Loading...