स्कुटले बनाए प्रिमियर लिग इतिहासमै दुर्लभ कीर्तिमान

काठमाडौं, पुस ६
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका युवा खेलाडी स्कुट म्याकटोमिनेले प्रिमियर लिग फुटबलको इतिहासमै दुर्लभ कीर्तिमान बनाएका छन् । गत राति युनाइटेडले लिगको १३औं खेल लिड्स युनाइटेडलाई ६–२ ले हराउनेक्रममा स्कुटले २ गोल गरेका थिए ।

सो २ गोलले स्कुटल्यान्डका २४ वर्षीय खेलाडीका नाममा अब प्रिमियर लिगको इतिहासमै सबैभन्दा छिटो २ गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको छ । उनले खेल सुरु भएको ३ मिनेटभित्रमै २ गोल गरेका थिए । अब प्रिमियर लिगमा सुरुआती ३ मिनेटमा २ गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

स्कुटले खेलको दोस्रो र तेस्रो मिनेटमा गरेर २ गोल गरेका थिए । उनले पहिलो गोल ब्रुनो फर्नान्डेजको पासमा गरेका थिए भने दोस्रो गोल एन्थोनी मार्सियालको पासमा गरेका थिए । उनले पाएका दुवै अवसरमा निकै द्रुत गतिमा चलाखीपूर्वक फिनिसिङ गर्दै गोल गरेका थिए ।

स्कुटले जारी सिजन लिगमा यसअघि १० खेल खेले पनि गोल गर्न सकेका थिएनन् । तर, गत राति उनले एकै खेलमा त्यो पनि सुरुआती ३ मिनेटभित्रै २ गोल गरेर टिमलाई उत्कृष्ट जिततर्फ अघि बढाएका थिए । गत रातिको जितपछि युनाइटेड अंक तालिकाको तेस्रो स्थानमा पनि चढेको छ ।

प्रकाशित मिति ६ पुष २०७७, सोमबार १०:२०
Loading...