लिड्सको पोस्टमा ६ गोल ठोक्दै युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा

काठमाडौं, पुस ६
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लिगको १३औं साताको खेलमा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले पाहुना टोली लिड्स युनाइटेडमाथि ६–२ को शानदार जित निकाल्यो । युनाइटेडका लागि ४ जना खेलाडीले गोल गर्दा ब्रुनो फर्नान्डेज र स्कट म्याक टोमिनेले २–२ गोल गरे ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा गोलको वर्षा गर्दै फराकिलो जित निकालेपछि युनाइटेडले अंक तालिकामा राम्रो सुधार गरेको छ । ऊ यो जितसँगै २६ अंक बनाएर अंक तालिकाको तेस्रो स्थानमा चढेको छ ।

प्रकाशित मिति ६ पुष २०७७, सोमबार ०१:०४
Loading...