रोनाल्डोले जिते ‘गोल्डेन फुट’ अवार्ड

काठमाडौं, मंसिर ६
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रतिष्ठित गोल्डेन फुट अवार्ड थापेका । आज उनले वर्ष २०२० का लागि सो अवार्ड ग्रहण गरेका हुन् । रोनाल्डोले करिअरमा पहिलोपटक यो अवार्ड जितेका हुन् । गत वर्ष यो अवार्ड रियल मड्रिडका क्रोएसियन खेलाडी लुका मोड्रिकले जितेका थिए । यो अवार्ड एक खेलाडीलाई एकपटक मात्रै दिइन्छ ।

यो अवार्ड रोनाल्डोले जितेको घोषणा गत मंसिर १६ गते नै भएको थियो । आज उनलाई सो अवार्ड प्रदान गरिएको हो । रोनाल्डोले अन्तिम मनोनयनमा परेका अन्य ८ जनालाई पछि पार्दै सर्वाधिक भोटका आधारमा अवार्ड जितेका हुन् । रोनाल्डोले १८औं संस्करणको अवार्ड जितेका हुन् ।

यसपटक गोल्डेन फुट अवार्डका लागि जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की, स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी, रियल मड्रिडका सर्जियो रामोस, इंग्लिस क्लब लिभरपुलका मोहमद सालाह, फ्रेन्च क्लब पिएसजीका नेइमारसहितका खेलाडी मनोनयनमा परेका थिए ।

यो अवार्ड २८ वर्षभन्दा बढी उमेरका सक्रिय खेलाडीलाई मात्रै दिइन्छ । खेलाडीको व्यक्तिगत प्रदर्शन, सफलता र टिमको समेत सफलताका आधारमा यो अवार्ड घोषणा गरिन्छ । यो अवार्डका लागि दर्शक तथा समर्थकको भोट नै निर्णायक हुन्छ । यो अवार्ड हालसम्म मेस्सीले जित्न सकेका छैनन् ।

प्रकाशित मिति ६ पुष २०७७, सोमबार ००:२५
Loading...