विमलले बोके गम्भीर चोट : एक वर्षसम्म मैदान बाहिर

काठमाडौं, पुस ५
नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार फरवार्ड विमल घर्तीमगर गम्भीर घाइते भएका छन् । राष्ट्रिय टोलीको प्रशिक्षण दौरान उनले ठूलो चोट बोकेका हुन् । गत साता सुरु भएको प्रशिक्षणबाट उनी करिब एक वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गर्ने तयारीमा थिए । तर, प्रशिक्षण दौरान उनको घुँडामा गम्भरि चोट परेपछि उनी अझै लामो समय मैदान बाहिर हुनुपर्ने भएको छ ।

शुक्रबार बिहान सामूहिक प्रशिक्षणमा रहेका बेला अभ्यास खेल दौरान मैदानमा लडेपछि उनको घुँडामा चोट परेको हो । चोट बोकेपछि मेडिकल टिमले विमलको स्वास्थ्य जाँच (एमआरआई) गरेपछि उनको मांशपेसी च्यातिएको पुष्टि भएको छ । उनको घुँडामा तीन फरक–फरकखाले चोट देखिएका छन् ।

गत वर्ष नै अनुशासनको कारबाहीमा परेका विमललाई लामो समयपछि टोलीमा डाकिएको थियो । तर, प्रशिक्षण दौरानको खेल उनका लागि घातक बनिदियो । कार्यबहाक प्रशिक्षक बालगोपाल महर्जनले विमलको चोट गम्भीर रहेकाले उनको शल्यक्रिया नै गर्नुपर्ने बताएका छन् । ‘मेडिकल टिमबाट मैले पाएको जानकारीअनुसार उनको चोट गम्भीर छ । र, उनको अप्रेसन नै गर्नुपर्छ । उनी लामो समयपछि टोलमिा फर्किएका थिए । तर, उनको चोटले हामीलाई निराश बनाएको छ ।’

शल्यक्रिया सफल भएपछि विमललाई फिट भएर पुनः मैदान फर्किनका लागि झन्डै एक वर्ष समय लाग्नेछ । यसअघि मिडफिल्डर रोहित चन्द पनि सन् २०१६ मा चोटका कारण झन्डै एक महिनापछि मात्रै मैदान फर्किएका थिए ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार २०:४०
Loading...