ला लिगामा आज एइबार र रियल मड्रिड भिड्दै : रियललाई लिग लिडर बन्ने मौका

काठमाडौं, पुस ५
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज राति तेस्रो स्थानको रियल मड्रिडले आफ्नो १३औं खेल खेल्दै छ । सो खेलका लागि रियल लिगको १३औं स्थानको एइबारको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा रियल १३ खेलपछि २६ अंकसहित तेस्रो स्थानमा छ । उसले यो सिजन ८ खेल जितेर २ खेल बराबरी गरेको छ भने ३ खेल हारेको छ । रियलले पछिल्ला ३ खेलमा लगातार ३ खेल जितेको छ । आज ऊ लगातार चौथो जितको खोजीमा हुनेछ ।

आज अवे मैदानमा उत्रिँदा रियल स्पष्ट जित निकालेर लिग लिडर बन्ने होडमा छ । यदि आज रियलले एइबारलाई हराएर ३ अंक जोडेर रियलले लिग लिडर एथलेटिको मड्रिडको २९ अंकसँग बराबरी गर्नेछ । अंकका आधारमा रियल संयुक्त रूपमा लिग लिडर बन्ने पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहनेछ । तसर्थ आज रियलका लागि एइबारसँगको खेल उपाधि होडमा अघि बढ्न ज्यादै महत्त्वपूर्ण हुनेछ ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार १३:३६
Loading...