२ गोल गर्दा रोनाल्डोका नाममा बने तीन रेकर्ड

काठमाडौं, पुस ५
इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोका नाममा एकसाथ दुई तथ्यांक बनेका छन् । गत राति सिरी ए लिगमा युभेन्टसले अवे मैदानमा पार्मालाई ०–४ ले हराउनेक्रममा २ उत्कृष्ट गोल गरेपछि रोनाल्डोका नाममा नयाँ रेकर्ड बनेका हुन् । रोनाल्डोले पहिलो हाफमा हेलिकप्टर सटमा दर्शनीय हेडिङ गोल गरेका थिए भने दोस्रो हाफ सुरु हुनासाथ लो सटमा अर्को उत्कृष्ट गोल गरेका थिए ।

पार्माविरुद्धको खेलअघि घरेलु मैदानमा युभेन्टसले एटलान्टासँग १–१ को बराबरी खेल्दा रोनाल्डोले पेनाल्टी मिस गरेपछि उनको आलोचना भएको थियो । तर, गत राति उनले एकै खेलमा ब्रेस गोल गर्दै सो पेनाल्टी मिस गर्दाको क्ष्तिपूर्ति मात्रै गरेनन्, रेकर्डसमेत बनाए ।

युभेन्टसका लागि १०० गोलमा योगदान

गत राति गरेको २ गोलसँगै रोनाल्डोले युभेन्टसको जर्सीमा १०० गोलमा योगदान पूरा गरेका छन् । सन् २०१८ मा स्पेनिस रियल मड्रिडबाट युभेन्टस गइकन रोनाल्डोले गोल प्लस असिस्ट गरी सोझै १०० गोलमा योगदान दिएका छन् । जसमा उनले कूल १०२ खेल खेल्दै ८१ गोल गरेका छन् भने १९ असिस्ट पूरा गरेका छन् । गोल प्लस असिस्ट संख्या ठीक १०० पुगेको हो ।

सिरी ए इतिहासमा ३२ प्लस गोल गर्ने पाँचौं खेलाडी

गत रातिको २ गोलसँगै रोनाल्डो अब सिरी ए लिगको इतिहासमै सिंगल क्यालेन्डर वर्षमा कम्तीमा ३२ गोल गर्ने पाँच खेलाडीको सूचीमा परेका छन् । यस वर्ष २०२० मा रोनाल्डोले सिरी ए लिगमा कूल ३३ गोल गरिसकेका छन् । उनी यस लिगमा एक वर्षमा कम्ती ३२ गोल पूरा गर्ने अब कीर्तिमानी तेस्रो खेलाडी बनेका छन् । सिरी ए लिगले अफिसियल वेबसाइटमार्फत् रोनाल्डोलाई नयाँ रेकर्डका लागि बधाई दिएको छ ।

वर्ष २०२० को सर्वाधिक गोलकर्ता

गत रातिको २ गोलसँगै रोनाल्डो अब वर्ष २०२० भरिमा युरोपका टप–५ लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले यस वर्षमा सिरी ए लिगमा कूल ३३ गोल पूरा गरेका छन्, जुन टप–५ लिगमा अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । त्यसैगरी, रोनाल्डोले वर्ष २०२० मा क्लब र देशका लागि गरी कूल गोल संख्या पनि ४५ नजिक पुगेको छ । उनले हालसम्म यस वर्षमा ४३ खेलबाट ४४ गोल गरेका छन् । उनले अझै २०२० को अन्तिम एक खेल खेल्नै बाँकी छ ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार १३:२५
Loading...