आर्सनललाई हराउँदै एभर्टन प्रिमियर लिगको दोस्रो स्थानमा चढ्यो

काठमाडौं, पुस ५
इंग्लिस प्रिमियर लिग फुटबलमा यो सिजन खराब लयबाट गुज्रिरहेको आर्सनल अर्को हारबाट पीडित बनेको छ । गत राति भएको खेलमा एभर्टनले आफ्नो घरेलु मैदानमा आर्सनललाई २–१ ले हरायो । यससँगै एभर्टनले पछिल्ला ५ खेलमध्ये चौथो खेल हारेको छ । त्यसैगरी, आर्सनल लिगका पछिल्ला ८ खेलमा लगातार जितविहीन बनेको छ ।

खेलको २२औं मिनेटमा आर्सनलका खेलाडी रब होेल्डिङले आफ्नै पोस्टमा गोल गरेपछि एभर्टनले खेलमा अग्रता बनाएको थियो । सो गोललाई सुरुमा एभर्टनका युवा स्टार लेविनका नाममा दिइए पनि पछि आत्मघाती करार दिइएको थियो । तर, ३५औं मिनेटमा आर्सनलले पेनाल्टी पायो । जसमा निकोलस पेपेले गोल गर्दै खेललाई १–१ को बराबरी बनाए ।

त्यसपछि खेलको ४५औं मिनेटमा एभर्टनका लागि कोलम्बियन डिफेन्डर येरी मिनाले कर्नर किकबाट आएको बलमा दर्शनीय हेडिङ गोल गरेपछि एभर्टनले घरेलु मैदानमा पहिलो हाफमा २–१ को अग्रता बनायो । त्यसपछि दोस्रो हाफमा पाहुना टोली आर्सनल खेलमा फर्किन सकेन । र, खेल एभर्टनले जित्यो ।

अब यो जितसँगै एभर्टनले १४ खेल सकिँदा २६ अंक बनाएर लिगको दोस्रो स्थानमा चढेको छ । एभर्टनले पछिल्ला ३ खेलमा लगातार जित निकालेको छ । ऊ अब समान खेल खेलेको लिग लिडर लिभरपुलभन्दा ५ अंकले पछि छ । पराजित आर्सनल १४ खेलपछि १४ नै अंक बनाएर १५औं स्थानमा छ ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार ०९:१५
Loading...