पहिलो हाफमा युभेन्टस ०–२ ले अघि : रोनाल्डोको गोल

काठमाडौं, पुस ५
इटालियन सिरी ए लिग फुटबलमा अहिले पार्मा र युभेन्टसको खेल जारी छ । पार्माको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा पाहुना टोली युभेन्टसले पहिलो हाफमा ०–२ को सहज अग्रता बनाएको छ । युभेन्टसका लागि पहिलो गोल खेलको २३औं मिनेटमा डेजान सुलुसेभ्स्कीले गरेका थिए । उनले अल्भारो मोराटाको पासमा लो सट हानेर शानदार गोल गरेका थिए ।

त्यसपछि दोस्रो गोल खेलको २६औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गरे । रोनाल्डोले अल्भारो मोराटाको हाई पासमा बक्सभित्रबाट हेडिङमार्फत् सुन्दर गोल गरेका थिए । रोनाल्डोले डिफेन्डरका अगाडिबाट सजिलैसित बललाई पोस्टको दिशा दिएका थिए । रोनाल्डोका लागि यो सिजनको ११औं लिग पनि हो ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार ०२:१५
Loading...