काठमाडौं, पुस ४
स्पेनिस ला लिगा फुटबलमा अहिले बार्सिलोना र भ्यालेन्सियाको खेल जारी छ । आाफ्नो घरेलु मैदान क्याम्प नोउ रंगशालामा पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ । पहिलो हाफमा केही नाटकीय दृश्य देखिए । भ्यालेन्सियाका खेलाडीले पाएको रातो कार्ड भिएआरमार्फत् रद्द भयो भने मेस्सीले पेनाल्टी मिस गरे पनि रिबाउन्ड बलमा हेडिङमार्फत् गोल गरे ।