यस्तो छ इटालीमा रोनाल्डोको ‘पेनाल्टी प्रहार’को तथ्यांक

काठमाडौं, पुस ४
इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गत बुधबार घरेलु लिगमा भएको एटलान्टाविरुद्धको खेलमा पेनाल्टी मिस गरे । उनले पेनाल्टी मिस गर्दा युभेन्टस आफ्नै घरेलु मैदानमा १–१ को बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भएको थियो ।

रोनाल्डोले महत्त्वपूर्ण खेलमा पेनाल्टी मिस गरेपछि उनको आलोचना भयो । त्यसअघि उनले दुई खेलमा लगातार ४ पेनाल्टी प्रहार गर्दा सबैमा गोल गर्न सफल भएका थिए । उनले एटलान्टाविरुद्ध पेनाल्टी मिस गर्नुअघि जेनोआविरुद्ध र त्यसअघि च्याम्पियन्स लिगमा स्पेनिस बार्सिलोनाविरुद्ध २–२ पटक पेनाल्टी प्रहार गर्दै २ खेलमा लगातार ४ गोल पेनाल्टीमार्फत् नै गरेका थिए ।

तर, २ खेलबाट ४ पेनाल्टी गोल गरेपछि पाँचौं पेनाल्टीमा रोनाल्डो चुके । उनको पेनाल्टी एटलान्टाका गोलकिपरले रोकेका थिए । सन् २०१८ मा स्पेनिस रियल मड्रिडबाट युभेन्टस पुगिकन रोनाल्डोको पेनाल्टी तथ्यांक यस्तो छ–

कूल पेनाल्टी प्रहार – २४
गोलमा परिणत – २१
पेनालटी मिस – ३

युभेन्टसले आज राति सिरी ए लिगमा अवे मैदानमा पार्माविरुद्ध खेल्दै छ । सो खेलमा रोनाल्डो पनि हुनेछन् । आज रातिको खेलबाट उनलाई सकेसम्म धेरै गोल गरेर अघिल्लो खेलमा पेनाल्टी मिस गर्दाको घाटा पूर्ति गर्ने अवसर छ । यो खेल राति १ः३० बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति ४ पुष २०७७, शनिबार १९:२५
Loading...