शीर्ष स्थानका लागि लडाइँ : आज लिग लिडर लेभरकुसेन र बार्यन भिड्दै

काठमाडौं, पुस ४
जर्मन लिग बुन्डेसलिगामा आज लिगको पहिलो स्थानको बायर लेभरकुसेन र दोस्रो स्थानको बार्यन म्युनिखको खेल हुँदैछ । सिजनको पहिलो लेगको खेलका रूपमा यी दुई टोली आज राति भिड्न लागेका हुन् । खेल लेभरकुसेनको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक ११ः१५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा लेभरकुसेन १२ खेलपछि २८ अंक जोडेर शीर्ष स्थानमा छ । बार्यन समान खेलपछि २७ अंकसहित दोस्रो स्थानमा छ । आज रातिको खेल दुवै टोलीका लागि शीर्ष स्थानमा रहनका लागि हुनेछ । बार्यनभन्दा १ अंकले अघि रहेको लेभरकुसेन आज घरेलु मैदानमा हुने खेल जितेर वा कम्तीमा पनि बराबरी गरेर शीर्ष स्थान कायमै राख्ने दाउमा छ ।

यता, बार्यन भने आज लेभरकुसेनलाई उसकै घरेलु मैदानमा हराएर लिग लिडर बन्ने होडमा छ । साबिक विजेता बार्यनका लागि उपाधि होडमा अग्रता लिन आज रातिको खेल निकै महत्त्वपूर्ण हुनेछ । त्यसका लागि उसले स्पष्ट जित निकाल्नुपर्छ । बराबरी नतिजा भए ऊ दोस्रो स्थानमै रहनेछ ।

प्रकाशित मिति ४ पुष २०७७, शनिबार १७:३३
Loading...