ह्याट्रिक हिरो हल्यान्ड प्लेयर अफ् द मन्थ घोषित

काठमाडौं, पुस ३
जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा स्टार अर्लिङ हल्यान्ड नोभेम्बर महिनाका लागि सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । बुन्डेलिगाले आज नर्वेका २० वर्षीय फरवार्डलाई नोभेम्बर महिनाका लागि ‘प्लेयर अफ् द मन्थ’ घोषणा गरेको हो ।

नोभेम्बर महिनामा हल्यान्डले मात्रै २ खेल खेल्दै ५ गोल गरेका थिए । जसका उनले बार्यन म्युनिखविरुद्ध १ गोल र हर्थाविरुद्ध ४ गोल गरेका थिए । त्यसछिको एक खेल उनले चोटका कारण गुमाएका थिए । चोटपछि हल्यान्ड अहिले फिट हुनेक्रममा छन् । उनले यसअघि ३ खेल गुमाइसकेका छन् ।

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार २१:५४
Loading...