लेवान्डोस्कीले पूरा गरे नयाँ कोसेढुंगा

काठमाडौं, पुस ३
जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले जर्मनीको शीर्ष लिग बुन्डेसलिगामा २५० गोलको कोसेढुंगा पूरा गरेका छन् । अघिल्लो दिन बुन्डेसलिगामा उल्भ्सवर्गविरुद्ध बार्यनले २–१ को कमब्याक जित निकाल्नेक्रममा उनले २ गोल गरेका थिए । सो खेलमा उनले गरेको पहिलो गोल बुन्डेसलिगामा २५०औं गोल थियो ।

३१ वर्षीय पोलिस फरवार्डले पूर्वक्लब बोरुसिया डर्टमुन्ड र हालको क्लब बार्यनका लागि गरी कूल २५० गोल पूरा गरेका हुन् । उल्भ्सवर्गविरुद्ध उनले टिमलाई कमब्याक जित दिलाउन २ गोल गरेका थिए । सो २ गोलसँगै उनले बुन्डेसलिगामा गरेको कूल गोल संख्या २५१ पुगेको छ ।

उनले डर्टमुन्डमा २०११ देखि २०१४ सम्म चार सिजन खेल्नेक्रममा कूल १३१ खेलबाट ७४ गोल गरेका थिए । त्यसपछि सन् २०१४ मा बार्यन पुगेका उनले त्यहाँ सातौं सिजन बिताउनेक्रममा कूल २०१ खेलबाट १७७ गोल गरेका छन् । उनले दुवै क्लबका लागि कूल ३३२ खेलबाट २५१ गोल गरेका छन् ।

लेवान्डोस्कीले गत राति मात्रै वर्ष २०२० को फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । त्यसअघि उनले युइएफए बेस्ट खेलाडीको अवार्ड पनि जितेका थिए । जारी सिजन पनि लेवान्डोस्की उच्च लयमा छन् । उनले हालसम्म १५ खेलबाट १८ गोल गरिसकेका छन् ।

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार १६:४०
Loading...